आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

ह्वात्तै घट्याे सुनको मूल्य, कति छ आज ?

शुक्रबार, चैत्र २२ २०८१

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ह्वात्तै घटेको छ ।

बिहीबारको तुलनामा आज सुन तोलामा ३ हजार ९ सय रुपैयाँ घटेको छ ।

महासंघले शुक्रबारका लागि सुनकाे भाउ प्रतितोला १ लाख ७६ हजार ४ सय रुपैयाँ तोकेको छ । बिहीबार सुनको भाउ तोलामा १ लाख ८० हजार ३ सय रुपैयाँ थियो ।

नेपाली सुनचाँदी बजारमा हिजो सुनको मूल्यले कीर्तिमान कायम गरेकोमा शुक्रबार फेरि घटेको हो ।

यस्तै चाँदीको मूल्य पनि घटेको छ । बिहीबार तोलामा १ हजार ९९५ रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार घटेर तोलामा १ हजार ८७० रुपैयाँ कायम भएको हो ।