आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

नेप्सेको सिइओमा नारद लुइँटेल

मंगलबार, चैत्र १२ २०८१

काठमाडौं । सरकारले नेपाल स्टक एक्सचेन्जको प्रमुख कार्यकारी अधिकृतमा नारद लुइँटेललाई नियुक्त गरेको छ ।

सोमबार बसेको बैठकले लुइँटेललाई सिइओमा नियुक्त गरेको हो ।

नेप्सेको सिइओ पदका लागि गठित सिफारिश समितिले आवेदन दिएका १० जनामध्ये चूडामणि चापागाईं, नारदकुमार लुइँटेल, पूर्णप्रसाद आचार्य, बद्रीप्रसाद प्याकुरेल र हेमन्त बस्याललाई सर्टलिष्टमा राखेको थियो ।

बुधबार बिहान अर्थ मन्त्रालयले पाँचै जनालाई कार्ययोजना प्रस्तुति र अन्तर्वार्ताका लागि बोलाएको थियो । अर्थ मन्त्रालयले यसअघि फागुन १२ गते सार्वजनिक सूचना जारी गर्दै सिइओ पदका लागि आवेदन मागेको थियो । फागुन १८ गतेसम्म आवेदन नपरेपछि समय थपेर फागुन २५ सम्मको समयसीमा तोकिएको थियो । अन्तिम दिनसम्म १० जनाले आवेदन दिएका थिए । आवेदन दिने अन्य प्रतिस्पर्धीहरूमा युवराज दाहाल, प्रवीण अधिकारी, विमलकुमार तिवारी, कृष्णबहादुर कार्की र मुकुन्दराज जोशी थिए ।

यसअघि सिइओ रहेका कृष्णबहादुर कार्कीको कार्यकाल सकिएपछि गत माघदेखि नेप्सेको प्रमुख कार्यकारी अधिकृत पद रिक्त रहेको थियो ।