काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ ।
अघिल्लो दिनको तुलनामा आज सुन प्रतितोला ११ सय रुपैयाँ बढेर प्रतितोला १ लाख ७५ हजार २ सय रुपैयाँ पुगेको छ ।
अघिल्लो दिन १ लाख ७४ हजार १ सय रुपैयाँ थियो ।
यसअघि गत शुक्रबार सुनको मूल्यले १ लाख ७४ हजार ५ सय रुपैयाँको उच्च रेकर्ड बनाएको थियो ।
चाँदीको भाउ पनि तोलामा १० रुपैयाँ बढेको छ ।
अघिल्लो दिन प्रतितोला २ हजार ४० रुपैयाँ रहेको चाँदी आज २ हजार ५० रुपैयाँ पुगेको छ ।