आकाँक्षी धेरै, समग्र अर्थ तथा वित्त नीति बुझेको व्यक्ति गर्भनर बन्नुपर्छ
काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीको कार्यकाल यही चैत्र २४ गतेसम्म्म रहेको छ । उनी बिसं २०७६ चैत्र २४ गते राष्ट्र बैंकको १७ औं गर्भनरकोरुपमा नियुक्त भएका थिए । यसअर्थमा उनी अहिले आफ्नो कार्यकालको अन्तिम समयमा आएका छन् । संभवत उनी नयाँ गर्भनरको लागि मार्ग खुल्ला गर्दै अबको केही दिनमा बिदामा बस्ने छन् । यसअर्थमा गर्भनर अधिकारीको घरफिर्तीको समय नजिकिए संगै नेपाल राष्ट्र बैंकको १८ औं गर्भनर को बन्ने, कसलाई बनाउने भन्ने बिषयमा सरकार र सरकारको नेतृत्व गरिरहेको मुख्य राजनीतिक दलबिच छलफल र जोड घटाउन सुरु भईसकेको छ ।
नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा २० मा गभर्नर पदमा नियुक्त हुनका लागि आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य, व्यवस्थापन, जनप्रशासन, तथ्यांकशास्त्र, गणित वा कानुन विषयमा कम्तिमा स्नातकोत्तर उपाधि हासिल गरेको र यि क्षेत्रहरुमा कम्तीमा पनि १० बर्षको कार्यगत अनुभव भएको हुनुपर्ने योग्यता तोकिएको छ । यि योग्यता भएका व्यक्तिहरुलाई सरकारले आगामी गर्भनरकोरुपमा नियुक्त गर्ने छ । यसको लागि केही बिधि र प्रकृया रहेका छन् । नेपाल राष्ट्र बैंक ऐन, २०५८ अनुसार मन्त्रिपरिषद्ले गभर्नरको नियुक्तिअघि अर्थमन्त्रीको नेतृत्वमा एउटा सिफारिस समिति गठन गर्नुपर्छ । जुन समितिमा पूर्वगभर्नरहरू मध्ये एक जना र आर्थिक, मौद्रिक, वित्तीय वा व्यवस्थापन क्षेत्रका विज्ञहरूमध्ये एक जना सदस्य रहन्छन् । यस अर्थमा अर्थमन्त्रीको संयोजकत्वमा केन्द्रीय बैंकको गभर्नर सिफारिस गर्न तीन सदस्यीय समिति गठन गर्नुपर्छ । जसको सुरुवात गत बुधबार नैं भईसकेको छ । बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले गभर्नर सिफारिस समिति बनाउन अर्थ मन्त्रालयलाई स्वीकृति दिईसकेको छ । अर्थमन्त्रीको अध्यक्षतामा रहने सिफारिस समितिमा पूर्व गभर्नरहरूमध्येबाट एक, आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय तथा वाणिज्य कानूनको क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तिहरूमध्येबाट नेपाल सरकारले तोकेको एक जना व्यक्ति सदस्य रहनेछन । उक्त समितिले अब तीन जनाको नाम सिफारिस गर्नेछ । यस अन्र्तगत डेपुटी गभर्नरमध्ये एक जनाको नाम सिफारिस हुनैपर्ने व्यवस्था छ । गभर्नरको बन्नका लागि हालका डेपुटी गभर्नरद्वय निलम ढुंगाना, बमबहादुर मिश्र लगायतका व्यक्तिले लबिङ सुरू गरिसकेको र उनीहरु मध्ये एक जनाको नाम मन्त्रिपरिषदमा भावी गर्भनरको लागि पुग्ने छ । यसबाहेक समितिले गभर्नरको नियुक्तिको लागि सिफारिस गर्दा आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य, व्यवस्थापन तथा वाणिज्य कानून क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तिहरू तथा डेपुटी गभर्नरहरू मध्येबाट तीन जनाको नामावली मन्त्रिपरिषदमा पेस गर्नुपर्ने छ । नेपाल राष्ट्र बैंकका यि दुई डेपुटी गर्भनर बाहेक हाल गर्भनर महाप्रशाद अधिकारी पनि अबको एक कार्यकाल गर्भनर पद दोहोर्याउने लविङमा लागेका छन् । बिशेष गरी एमालेसंग नजिक रहेका अधिकारीलाई नेकपा एमालेको आर्थिक सल्हाकारमा एम अधिकारीको नामबाट पनि काम गर्नै गरेको आरोप लागेको थियो । खैर जे भएपनि अधिकारी अबको एक कार्यकाल गर्भनर पद दोहोर्याउन लविङ गरिरहेका छन् । यि बाहेक गर्भनरको दौडमा नेपालमा सबै भन्दा ठुलो बिचौलिया भनिदंै आएका दिपक भट्टका तर्फबाट शुशिल भट्ट पनि अगाडि देखिएका छन् । उनले पनि भावी गर्भनरको लागि दिपक भट्टमार्फत भावी गर्भनरको लागि दौडधुप सुरु गरेका छन् । स्मरण रहोस दिपक भट्ट तिनै व्यक्ति हुन जसले नेपाल धितोपत्र बोर्ड र नेपाल बीमा प्राधिकरणमा आफ्नै जोडबलमा आफ्नो अनकुलको अध्यक्ष बनाएका थिए । अहिले उनी नेपाल राष्ट्र बैंकको भावी गर्भनर पदमा शुशिल भट्टलाई नियक्ती दिलाउन ज्यान दिएर लागि परेका छन् ।
राष्ट्र बैंकको १८ औं गर्भनरको दौडमा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगाना पनि रहेका छन् । यसैगरी नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर बम बहादुर मिश्र, राष्ट्र बैंक कै कार्यकारी निर्देशन डा. गुणाकर भट्ट, माछापुच्छे« बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोईराला, प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन, आर्थिक पत्रकाहरुको छाता संगठन (सेजन) का पुर्व अध्यक्ष गोर्कण अवस्थी सहितका अन्य धेरै व्यक्तिहरु भावी गर्भनरको आकाँक्षीकोरुपमा रहेका छन् । यि सबैजसो आँकाक्षीहरुले भावी गर्भनर बन्नको लागि आफ्नो क्षेत्रबाट लविङ सुरु गरिसकेका छन् । यि व्यक्तिहरु सरकार प्रमुख र मुख्य राजनीतिक दलसंग गर्भनर पदको लागि प्रत्यक्ष संवादमा रहेका छन् । मुलुकको १८ औं गर्भनरकोरुपमा रहेका यि आँकाक्षीहरु गर्भनर पदको लागि योग्य रहेका छन् । यि व्यक्तिहरुले हालको समयमा पनि आफ्नो क्षेत्रमा कार्यगत क्षमता देखाईरहेका छन् । यसअर्थमा यि आँकाक्षीहरुको कार्यक्षमताको खोट लाउन कुनै ठाउँ छैन । तैपनि भावी गर्भनरकोरुपमा यि व्यक्तिहरु मध्ये कसको पल्लाभारी हुन्छ । सरकारले मुलुकको १८ औं गर्भनरकोरुपमा कसैलाई राष्ट्र बैंकको जिम्मेवारी सुम्पिन्छ, त्यो हेर्न बाँकी छ । तर यि आकाँक्षीहरुमध्येबाट जो गर्भनर बनेपनि मुलुकको समग्र अर्थतन्त्रको लागि राम्रो काम गर्न सक्छन् भन्ने आश गर्न सक्ने प्रसस्त ठाउँ रहेको छ ।