शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

लाठी प्रहार गरी श्रीमानले गरे श्रीमतीको हत्या

आइतबार, माघ १३ २०८१

धनुषाधाम । धनुषामा लाठी प्रहार गरी श्रीमानले श्रीमतीको हत्या गरेका छन् ।

शनिवार राति २ बजे नगरपालिका–५, पर्वताका ३३ वर्षीय देवलाल ठाकुरले २७ वर्षीया श्रीमती सङ्गीता ठाकुरलाई लाठी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

देवलालले श्रीमतीसँग घर विवाद भएपछि आवेशमा आएर लौरो प्रहार गरेको बताइएको छ । इलाका प्रहरी कार्यालय धनुषाधामका अनुसार सङ्गीताको गम्भीर चोटका कारण घटनास्थलमै मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

घटनास्थलमा पुगेको प्रहरी टोलीले आरोपित देवलाललाई नियन्त्रणमा लिएको छ । शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ भने घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।