मंगलबार, कार्तिक २४ २०८३

मंगलबार, कार्तिक २४ २०८३

काठमाडौंको काडाँघारीबाट रक्तचन्दनसहित २ जना पक्राउ

बुधबार, माघ २ २०८१

काठमाडौं । काठमाडौंबाट प्रहरीले रक्तचन्दनसहित दुई जनालाई पक्राउ गरेको छ । उनीहरुको नाम ठेगाना भने खुलाइसकेको छैन ।

प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले रक्तचन्दन तस्करीमा संलग्न रहको आरोपमा सिन्धुपाल्चोकका दुई जनालाई पक्राउ गरेको हो ।

काठमाडौंको काडाँघारीबाट रक्तचन्दन बरामद गरिएको हो । बरामद रक्तचन्दन चार क्विन्टल भन्दा बढी रहेको प्रहरी स्रोतले जनाएको छ ।

बुधबार बिहानै प्रहरीले बोरामा प्याक गरेर ल्याइएको रक्तचन्दन बरामद गरेको हाे ।

यसबारे विस्तृत विवरण आउन बाँकी छ ।