आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

सरकारले गरेका निर्णयहरुको कार्यान्वयन गर्न कर्मचारीहरुलाई सभापति देउवाको निर्देशन

बुधबार, भाद्र १९ २०८१

काठमाडौं । नेपाली काग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले गरेका निर्णयहरुको कार्यान्वयन गर्न कर्मचारीहरुलाई निर्देशन दिएका छन्। एमाले र काँग्रेस मुख्य प्रतिष्पर्धी राजनीतिक दल भएपनि सरकारको निर्णय मान्नुपर्ने बताएका हुन्।

बुधवार काठमाडौंमा नेपाल निजामति कर्मचारी युनियनको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले बहुदलिय प्रजातन्त्रिक प्रणाली र गणतान्त्रिक व्यवस्थाको सम्बन्धमा काँग्रेस र एमालेबीच मतभेद नरहेको बताए। प्रजातन्त्र र गणतन्त्रको रक्षका लागि काँग्रेस र एमोलबीच कुनै मतभेद नरहेकाले पूरा समर्थन रहने बताए। सभापति देउवाले् देशको अवस्था चुनौतिपूर्ण रहेको भन्दै कर्मचारीहरुमा अझ यसको प्रभाव पर्ने बताए।