आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

माछापुच्छे बैंक र बिगमार्ट बीच सम्झौता

शुक्रबार, भाद्र १४ २०८१

काठमाडौं । माछापुच्छे बैंक र मेगा मार्ट लिमिटेड (बिग मार्ट प्रालि) बीच डिजिटल कारोबारलाई प्रर्वधन तथा प्रोत्साहन गर्ने उद्देश्यले एक सम्झौता भएको छ । सम्झौता पश्चात देश भरि रहेका बिग मार्टका आउटलेटहरुबाट माछापुच्छे बैंकका ग्राहकहरुले बैंकले उपल्बध गराएका विीभन्न डिजिटल माध्यमहरु प्रयोग गरी सामान खरिद गर्दा आर्कषक सुविधाहरु पाउनेछन्।

यसै बीच बैंकले ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै हरेक सोमबार बंैकको डेबिड वा क्रेडिट कार्डको प्रयोग गरी पिओएसबाट बिग मार्टमा पेमेन्ट गर्दा एक पटकमा १० प्रतिशत वा बढीमा दुई सय रुपैंयाँसम्मको क्यासब्याक प्रदान गर्ने छ । माछापुच्छे बैंकले देशभर रहेका तीन सय भन्दा बढि विभिन्न संघसंस्था तथा व्यापार व्यवसाय सँग व्यवसायिक सम्झौता गरि आफ्ना ग्राहकहरुलाई आकर्षक छुट प्रदान गर्दै आईरहेको छ । यस प्रकारको सम्झौताले गर्दा ग्राहकहरुलाई डिजिटल कारोबार गर्ने प्रोत्साहन र व्यापार व्यवसाय गर्ने संध संस्थाहरु लाई व्यापार प्रवर्दनमा सघाउ पुग्दै आईरहेको छ।

साथै बैंकले अर्थतन्त्रमा प्रत्यक्ष योगदान पुर्याउने उद्धेश्यका साथ ग्रीन बैंकिङ्गलाई प्राथमिकतामा राखेर आफ्ना नवीनतम, सुरक्षित र भरपर्दा डिजिटल उत्पादन तथा सेवाहरू संचालन गरिरहेको छ । बैंकले हाल देशका सात वटै प्रदेशमा एक सय ६५ वटा शाखा, १२ एक्सटेन्सन काउन्टर, एक सय ११ शाखारहित बैंकिङ्ग सेवा, दुई सय एटिएम मार्फत १५ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।