आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

राष्ट्र बैंकले बैंकहरुमा ३८ करोड रुपैंयाँ संस्थागत निक्षेप राख्ने

बिहिबार, फाल्गुन १७ २०८०

काठमाडौँ – नेपाल राष्ट्र बैंकले बैंक तथा फाईनान्स कम्पनीहरुमा ३८ करोड रुपैंयाँ संस्थागत निक्षेप लगानी गर्नै भएको छ । पेन्सन तथा उपदान कोषमा रहेको १४ करोड र कर्मचारी सुरक्षण कोषमा रहेको २४ करोड रुपैंयाँ तीन सय ६६ दिने मुद्धती निक्षेपको रुपमा बैंक तथा फाईनान्स कम्पनीहरुमा राख्न लागिएको राष्ट्र बैंकको भनाई छ ।

राष्ट्र बैंकका अनुसार लगानी गरिने कुल रकम मध्ये पेन्सन तथा उपदान कोष अनतर्गतको १४ करोड रुपैंयाँको परिपक्व हुने अवधि तीन सय ६६ दिन अर्थात बिसंं २०८० चैत्र २ गते देखि २०८१ चैत्र १ गते तोकिएको छ । रकम लगानीको लागि यही फागुन २० गते भित्र आफ्नो संस्थाले लगानी गर्न चाहेको रकम र दिन चाहेको व्याज समेत तोकेर बोलकबोल पेस गर्नु पर्ने राष्ट्र बैंकको भनाई छ । लगानी गरिने कुल रकम मध्येमा वाणिज्य बैंकहरुको लागि वाणिज्य बैंकहरुको लागि ११ करोड २० लाख, विकास बैंकहरुको लागि दुई करोड १० लाख र फाईनान्स कम्पनीहरुको लागि ७० लाख रुपैंयाँ रहेको छ ।

राष्ट्र बैंकका अनुसार कर्मचारी सुरक्षण कोष अन्तर्गत भने २४ करोड रुपैंयाँ लगानीको लागि छुट्याईएको छ । लगानी अवधि तीन सय ६६ दिन अर्थात २०८० चैत्र दुई गते देखि २०८१ चैत्र एक गते तोकिएको रकम लगानीको लागि फागुन २० गतेसम्म बोलकबोलव पेश गर्नुपर्ने छ । लगानी गरिने कुल रकम मध्येमा वाणिज्य बैंकहरुको लागि १९ करोड २० लाख, विकास बैंकहरुको लागि तीन करोड ६० लाख र फाईनान्स कम्पनीहरुको लागि एक करोड २० लाख रुपैंयाँ रहेको छ ।

रकम लगानीको लागि प्रस्ताव पेस गर्ने बैंक तथा फाईनान्स कम्पनीहरु सञ्चालनमा आएको कम्तीमा दुई बर्ष पुरा गरेको, तोकिएको न्यूनतम पूँजीकोष कायम रहेको, निष्कृय कर्जा (एन.पी.ए) कुल कर्जा सापटको पाँच प्रतिशत भन्दा कम भएको हुनु पर्ने प्रावधानहरु रहेका छन् ।