मंगलबार, कार्तिक २४ २०८३

मंगलबार, कार्तिक २४ २०८३

सीतापाइलामा २ छोरीसहित मृत फेला परेकी महिलाका श्रीमान पनि झुण्डिएको अवस्थामा फेला

बुधबार, फाल्गुन ९ २०८०

काठमाडौं ।काठमाडौं सितापाइलामा हत्या गरेको अवस्थामा छोरीसहित भेटिएकी महिलाका श्रीमान् झुण्डिएको अवस्थामा मृत भेटिएका छन् ।

आज बिहान नागार्जुन नगरपालिकामा ३८ वर्षीया ईश्वरी श्रेष्ठ र उनका दुई छोरीहरु काेठामा मृत फेला परेका थिए ।

सोलुखुम्बु घर भई सीतापाइला बस्ने ईश्वरी श्रेष्ठसहित उनकी ८ वर्षीया छोरी अनिशा श्रेष्ठ र २ वर्षीया छोरी शिवानी श्रेष्ठ मृत फेला परेका थिए भने भर्खरै उनका श्रीमान राजु घिमिरे (सुनार) को पनि शव रुखमा झुण्डिएको अवस्थामा फेला परेको छ ।

उनको शव भने घरभन्दा केही पर जंगलमा झुण्डिएको अवस्थामा फेला परेको हो ।

घटनाको अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । आमा र दुई छोरीको हत्या गरी श्रीमान्‌ले आत्महत्या गरेको प्रहरीको प्रारम्भिक आशंका गरेको छ ।