आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

बैंक तथा वित्तीय

महालक्ष्मी विकास बैंकको सीइओमा दिपेश लम्साल नियुक्त

विकास बैंकमा डेपुटि सिइओलाई सिइओ बनाउने महालक्ष्मी बन्यो पहिलो

मंगलबार, माघ २३ २०८०

काठमाडौँ – महालक्ष्मी विकास बैंकको प्रमुख कार्यकारी अधिकृतको पदमा दिपेश लम्साल नियुक्त भएका छन् । आज बसेको बैंकको संचालक समितिले लम्सालको योग्यता, क्षमता र अनुभवको आधारमा उनलाई प्रमुख कार्यकारी अधिकृतको जिम्बेवारी सुम्पिएको हो ।

यसअघि उनी सोही बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको पदमा कार्यरत रहेका थिए । लम्सालसँग बैंकिङ क्षेत्रको २४ वर्षभन्दा बढी अनुवभ छ । नबिल बैंकमा ८ वर्ष र कुमारी बैंकमा ४ वर्ष काम गरेका उनी महालक्ष्मी बैंकमा भने विगत १२ वर्षदेखि आवद्ध छन् ।

नेपाली बैंकिङ क्षेत्रमा निकै नै कुशल र क्षमतावान बैंकररुपको परिचय स्थापित गरेका लम्सालले तत्कालीन समयमा खराब अवस्थाबाट गुज्रिएको तत्कालीन मनकामना डेभलपमेन्ट बैंकलाई पनि सवल र सक्षम बैंककोरुपमा स्थापित गराएका थिए । उनीमा सिंगो कर्मचारी संयन्त्रको बिश्वास जितेर बैंकलाई सवल र सक्षम बनाउन सक्ने क्षमता रहेको छ ।

अहिलेको प्रतिस्पर्धी वित्तीय बजारमा लम्साल सिंगो बैंकको व्यवस्थापकीय बागडोर सम्हाल्न सक्ने क्षमता भएका व्यक्तित्व हुने । उनको यही क्षमताको उच्च मुल्यांकन गर्दै बैंक सञ्चालक समितीले लम्साललाई प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सुम्पिएको हो ।