आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

आईतबार पुुनः १५ अर्ब ७० करोड रुपैयाँँको ट्रेजरी बिल बिक्री हुने

बिहिबार, पुष २६ २०८०

आगामी आईतबार नेपाल राष्ट्र बैंकले १५ अर्ब ७० करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्नै भएको छ । सो दिन अपरान्ह दुई बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागेको राष्ट्र बैंकको भनाई छ ।

राष्ट्र बैंकका अनुसार जारी मिति भने माघ दुई गते मंगलबार तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन पाउनेछन । बिक्री गरिने कुुल ट्रेजरी मध्येमा २८ दिने अवधिको आठ अर्ब र ९१ दिने अवधिको सात अर्ब ७० करोड रुपैंयाँ बराबरको रहेको छ । राष्ट्र बैंकका अनुसार यि ट्रेजरीहरुको परिपक्व हुने अवधि भने क्रमशः २०८० फागुन एक गते र २०८१ बैशाख चार गते तोकिएको राष्ट्र बैंकको भनाई छ । यसअघि यही पुस २३ गते पनि राष्ट्र बैकले १७ अर्ब रुपैंयाँ बराबरको ट्रेजरी बिल जारी गरोको थियो ।