काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग सामूहिक छलफल गरेका छन् । उनीहरुसँग कांग्रेसका प्रमुख सचेतक रमेश लेखक सहभागी छन् ।
आइतबार विहान उनीहरुबीच बालुवाटारमा भेटवार्ता भएको हो ।
भेटमा समसामयिक राजनीतिक विषयमा र टीआरसी विधेयक टुंगोमा पुर्याउनेबारेमा छलफल हुने प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।