आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

राष्ट्रियसभा निर्वाचनः दर्ता भएका दलहरूले आज चुनाव चिह्न पाउँदै

आइतबार, पुष १ २०८०

काठमाडौँ । राष्ट्रियसभा निर्वाचनमा भाग लिने दलहरूलाई आज चुनाव चिह्न पाउने भएका छन् । चुनावमा भाग लिन १२ दलले निवेदन दिएका छन्।

दर्ता भएका सबै दललाई निर्वाचन आयोगले चुनाव चिह्न दिने भएको निर्वाचन आयोगले जनाएको छ ।

दललाई चुनाव चिह्न प्रदान गरिसकेपछि पुस ४ गते दर्ताको सूची राजपत्रमा प्रकाशनका लागि पठाइने आयोगको कार्यतालिकामा उल्लेख छ ।

फागुन २० गतेदेखि राष्ट्रियसभा सदस्यका २० पद रिक्त हुँदै छ। माघ ११ गते १९ पदका निम्ति निर्वाचन हुनेछ। एक पदमा भने राष्ट्रपतिले मनोनयन गर्नेछन् ।