आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

एमालेको संकल्प यात्रा आज अध्यक्ष ओलीको जन्मस्थान पुग्दै

शुक्रबार, मंसिर २९ २०८०

तेह्रथुम । नेकपा एमालेले बैतडीको झुलाघाटबाट सुरु गरेको समृद्धिका लागि संकल्प यात्रा आज अध्यक्ष केपी शर्मा ओलीको जन्मस्थान पुग्दैछ ।

तेह्रथुमको बसन्तपुरबाट अहिले बिहान सुरु हुने यात्रा साँझ आठराई गाउँपालिकाको पर्यटकीय स्थलसंक्रान्ती बजारमा पुगेर बास बस्नेछ ।

नेकपा एमाले कोशी प्रदेशका अध्यक्ष घनश्याम खतिवडाका अनुसार बसन्तपुरबाट सुरु हुने यात्रातेह्रथुमको सदरमुकाम म्याङलुङमा पुगेर खाना खाने कार्यक्रम छ ।

उक्त स्थानमा स्थानीय बासिन्दा,राजनीतिक दलका नेताहरु,जनप्रतितिनिधीसँग भेटघाट तथा संक्षिप्त अन्तरक्रिया गर्ने कार्यक्रम छ । त्यहाँबाट अघि बढेको टोली तेह्रथुमकै औंशी डाँडामा स्थानीय बासिन्दासँग सो क्षेत्रका समस्या रविकासका सम्भवना बारे छलफल गर्ने तयारी छ ।

यस्तै साँझ संक्रान्ती बजारमा पुगेर बास बस्ने प्रमुख गौतमले जानकारी दिए । आजको यात्रादिनभर तेह्रथुम जिल्ला भित्रै हुनेछ ।

नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व गर्नुभएको अभियान मङ्सिर १४ गते पुष्पलाल लोकमार्गको अन्तिम बिन्दु बैतडीको झुलाघाट स्थित महाकाली नदी किनारबाट सुरु भएको थियो भने आगामी पुष एक गते पाँचथरको चिवाभञ्ज्याङ पुग्ने कार्यक्रम रहेको छ ।