नवलपरासी । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले उद्घाटन गर्ने नेपाली कांग्रेस पश्चिम् नवलपरासीको पहिलो जिल्ला भेला संस्थापन पक्षले बहिष्कार गर्ने भएको छ ।
विभिन्न माग राखी असहमति जनाउँदै संस्थापन पक्षले कार्यक्रम बहिष्कार गर्न लागेको हो ।
पार्टीका जिल्ला सभापति अर्जुन कुमार पोखरेलले एकलौटी रुपमा पार्टी चलाउन खोजेको, केन्द्रको निर्देशन अवज्ञा गरेको र गुट निकटका व्यक्तिहरूलाई मात्र मनोनीत गरेको लगायतका असहमति रहेको संस्थापन पक्षका नेता मोहन शर्माले बताए । ‘विद्यान अनुसार चल्नु पर्छ कि पर्दैन, वडागत तहबाट सम्मेलन भएर आउनु पर्छ भन्ने लगायतका माग राख्यौ सभापति जिले सुन्नु भएन त्यसैले हाम्रा साथीहरू आजको भेलामा उपस्थित हुन्नन’, शर्माले भने ।
देवेन्द्रराज कँडेल (संस्थापन) पक्षधरले जिल्लामा रहेको केन्द्रिय सदस्यहरु, प्रदेश सभा सदस्यहरु सहित भातृसंगठनहरुले समेत आपत्ति जनाइरहँदा जबरजस्ती जिल्ला सम्मेलन गर्न खोज्नु गलत भएको नेता मोहन शर्माको भनाई छ ।
यता इतर पक्षका नेता लुम्बिनी प्रदेशका महामन्त्री बिक्रम खनालले भने पार्टीका हरेक कमिटीहरु स्वायत्त रहने हुँदा हरेक निर्णयमा माथिल्लो तहको निर्णय नै कुर्नु बाध्यकारी नहुने जनाएका छन् ।
जिल्लामा बिक्रम खनाल ९ईतर० र देवेन्द्र राज कँडेलको दुई गुट रहेको छ । दुई गुटले नै एक अर्काको कार्यक्रममा असहमति जनाउँदै आइरहेका छन् ।