आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

दुर्गा प्रसाईँ आफ्नै घरमा नजरबन्द, प्रसाईँको घर वरपर प्रहरी तैनाथ

शुक्रबार, मंसिर ८ २०८०

काठमाडौं । राजा फर्काउने अभियानका लागेर काठमाडौं केन्द्रित आन्दोलनमा उत्रिएका मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई आफ्नै घरमा नजरबन्दमा परेका छन् ।

प्रसाईँको भक्तपुर थिमीस्थित निवासमा प्रहरी तैनाथ गरिएको छ । नेपाल प्रहरीको विशेष कार्यदल (एसटीएफ) को टोलीले अहिले दुर्गा प्रसाईँको घरलाई वरपरबाट घेरेको छ ।

तीनकुने क्षेत्रमा पनि ठूलो संख्यामा प्रहरी परिचालन भएका छन् । प्रसाईंको सचिवालयका अनुसार प्रसाईंलाई प्रहरीले घरबाट बाहिर निस्कन दिएको छैन ।

प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता र नागरिक बचाउ महाअभियानले हिजो बल्खुमा प्रदर्शन गरेको थियो । प्रसाईँले व्यवस्था परिवर्तन नभएसम्म आन्दोलन जारी रहने बताउँदै आएका छन् ।