आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

तिनकुनेमा युवा संघको शक्ति प्रदर्शन

बिहिबार, मंसिर ७ २०८०

काठमाडौं । नेकपा एमालेका भातृ संगठन युवा संघ नेपाल र अनेरास्ववियुले काठमाडौंको तिनकुनेमा शक्ति प्रदर्शन गरेको छ ।

तिनकुने क्षेत्रमा एमाले नेता महेश बस्नेत सहितका कार्यकर्ताहरु भेला भएका छन्। राजधानीका विभिन्न क्षेत्रबाट जुलुस सहित कार्यकर्ता आउने क्रम जारी छ । युवा संघले मोटरसाइकल र्याली समेत गरेको छ । उनीहरुमध्ये अधिकांशले रातो क्याप लगाएका छन् । उनीहरुले मूल्यवृद्धि विरुद्ध सरकार विरोधी नारा समेत लगाएका छन् ।

प्रदर्शनमा घुसपैठ हुन सक्ने र अप्रिय घटना हुन सक्ने सम्भावनालाई विश्लेषण गर्दै काठमाडौं उपत्यकामा ड्रोनबाटसमेत निगरानी गर्ने व्यवस्था मिलाइएको छ ।