काठमाडौं । नागरिकतामा उमेर छलेर सरकारी निकाय प्रहरी सेवामा प्रवेश गरेको दाबीसहित अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ।
कैलालीका शेरबहादुर चन्दले दिएको उजुरीमा ज्ञवाली २०५० साल वैशाख १ गते सेवा प्रवेश गर्दा २४ वर्ष पूरा गरेर २५ वर्ष लागेको दाबी गरेका छन्। प्रहरीको निरिक्षक पदमा सेवामा प्रवेश गर्न २४ वर्ष उमेर पूरा भएको हुनुपर्ने भए पनि उनी ९ दिन बढी सेवा उमेर हुँदा जागिर खाएको उल्लेख छ।
अख्तियारले ०७९ साल चैत ६ गते ज्ञवालीको उमेर विावदबारे छानबिन गरी प्रतिवेदन बुझाउन गृहसचिवका नाममा पत्र काटेको थियो। मदनबाबु भण्डारी ज्ञवालीले उमेर ढाँटेर जागिर खाएको भन्दै केही समयअघि सर्वोच्च अदालत गएका थिए ।
अदालत प्रशासनले रिट दर्ता गर्न अस्वीकार गर्दै दरपीठ गरेपछि उनी इजलास गए । न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले मंगलबार रिट निवेदन दरपिठ हुनुको कारण खुलाई कैफियत प्रतिवेदन बुझाउन अदालत प्रशासनलाई आदेश दिएको छ।
हेर्नुहोस् निवेदन


