बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३

पूर्णबहादुर खड्कालाई कांग्रेसको कार्यवाहक सभापतिको जिम्मा

बुधबार, जेष्ठ ३१ २०८०

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कार्यवाहक सभापतिको जिम्मेवारी पाएका छन् ।

पार्टी सभापति शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर गएकाले उनको अनुपस्थितिमा खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिइएको हो ।

देउवाले आफू स्वदेश नफर्कुन्जेलसम्म पार्टी विधानको व्यवस्था बमोजिम खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी तोकेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

सभापति देउवा उपचारका लागि पत्नी आरजुसहित गएराति सिंगापुर गएका हुन् ।