बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३

बैतडीमा जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु, ६ जना घाइते

बिहिबार, कार्तिक १९ २०८३

बैतडी । बैतडीको मेलौली नगरपालिका–१ स्थित जिरो पोइन्टको सौडानी खोलामा जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

बुधबार राति करिब ८ बजे डडेल्धुरा अस्पतालबाट पञ्चेश्वरतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ज १६३८ नम्बरको जिप अनियन्त्रित भएर सडकबाट करिब ३० देखि ३५ मिटर तल खसेको हो ।

दुर्घटनामा पञ्चेश्वर गाउँपालिका–२ की ३५ वर्षीया सुना मंगोलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिएका छन् ।

दुर्घटनामा सोही स्थानकी २२ वर्षीया सोमनी मंगोला, ११ वर्षीय अविनाश राम लुहार, १६ वर्षीय निरज बस्केल, २४ वर्षीय करन सिंह मंगोला, २२ वर्षीय सुनिल बस्केल र जिप चालक ३६ वर्षीय सन्तोष राम लुहार घाइते भएका छन् ।

घाइते सबैको मेलौलीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । प्रहरीका अनुसार घाइते सबैको अवस्था सामान्य रहेको छ ।