बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

नेप्सेमा सामान्य बृद्धि, एक दशमलव ४० अंकले बढ्दा सात अर्ब ४३ करोडको शेयर किनबेच

बुधबार, कार्तिक १८ २०८३

नेप्से सामान्य अंकले बढेको छ । अघिल्लो दिन छ दशमलव ३२ अंकले बढेको नेप्से साताको तेस्रो कारोबार दिन आज बुधबार एक दशमलव ४० अंकले बढेर २६ सय ६५ दशमलव ५३ अंकमा पुगेको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स भने आज दुई दशमलव ६९ अंकले घटेर चार सय ८० दशमलव ५१ अंकमा झरेको छ । नेप्सेमा आज तीन सय ३८ वटा कम्पनीहरुको ५९ हजार एक सय ८५ पटकको कारोबारमा दुई करोड १२ लाख २३ हजार चार सय १४ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम सात अर्ब ४३ करोड ९३ लाख ६६ हजार ४९ रुपैंयाँ पुगेको छ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएकोमा चार वटा समुहहरुको सुचक बढेर बाँकी समुहहरुको सुचक घटेका छन् । जसमध्ये जीवन बीमा समुहको सुचक १२ दशमलव ३३ अंकले बढेर ११ हजार नौं सय ११ दशमलव ४१ अंकमा पुगेकोमा सामुहिक लगानी कोष, अन्य र व्यापार समुहको सुचक पनि क्रमशः शुन्य दशमलव शुन्य एक, एक सय ११ दशमलव ४८ र ३५ दशमलव ४१ अंकले बढेका छन् । यि बाहेक बाँणिज्य बैंक समुहको सुचक १३ दशमलव २३ अंकले घटेर १५ सय ८८ दशमलव ८२ अंकमा झरेकोमा बिकास बैंक समुहको सुचक पनि २४ दशमलव ४३ अंकले घटेर पाँच हजार पाँच सय २७ दशमलवज ५८ अंकमा झरेको छ । फाईनान्स समुहको सुचक पनि १८ दशमलव शुन्य आठ अंकले घटेर २१ सय ९५ दशमलव ३९ अंकमा झरेकोमा जलबिद्युत समुहको सुचक पनि २४ दशमलव ९२ अंकले घटेर तीन हजार छ सय ४३ दशमलव २९ अंकमा झरेको छ । यसैगरी निर्जीवन बीमा समुहको सुचक पनि १४ दशमलव ४२ अंकले घटेर नौं हजार चार सय १८ दशमलव ८८ अंकमा झरेकोमा होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक र लघुवित्त समुहको सुचक पनि क्रमशः ४९ दशमलव ९३, शुन्य दशमलव ४३, ३० दशमलव २९ र नौं दशमलव २७ अंकले घटेका छन्।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा नेपाल पुर्नबीमा कम्पनी लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा सिभिल बैंक डिवेञ्चर २०८८ परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने स्वेत गंगा हाईड्रोपावार एण्ड कन्सट्रक्सन लिमिटेड पहिलो स्थानमा परेको छ।