काठमाडौँ – राष्ट्रिय अनुसन्धान विभाग (गुप्तचर) का दुई जना अनुसन्धान निर्देशक (डीआईजी) र एक जना सहअनुसन्धान निर्देशकको सरुवा भएको समाचार छ । विभागको प्रशासन महाशाखाका एक प्रमुख अनुसन्धान अधिकृतले जानकारी दिएको जानकारी अनुसार मधेस प्रदेशका अनुसन्धान निर्देशक प्रजेशकुमार हमालको उपत्यका कन्ट्रोलमा सरुवा भएको छ । कन्ट्रोलका निमित्त प्रमुख रहेका भूमिप्रसाद पाठकको त्रिभुवन विमानस्थल कार्यालयको प्रमुखमा सरुवा भएको छ ।
उनी गोविन्दराज जोशी शिक्षा, गृह, जलस्रोत मन्त्री हु“दा उनको स्वकीय सचिव रहेका थिए । त्यसबखत घरमै लेखा अधिकृतलाई बोलाएर अनुसन्धान अधिकृतको तलब बुझ्ने गरेको स्रोतले बताएको छ ।
विमानस्थल कार्यालयका सहअनुसन्धान निर्देशक सञ्जय यादवको एक महिना अघि अनुसन्धान निर्देशक (डीआईजी) मा बढुवा भएको थियो । उनलाई मधेस प्रदेशको प्रमुखमा पदस्थापना गरिएको स्रोतले जानकारी दिएको छ ।
उनीसँगै बढुवा भएका विभागमा भावी चीफ भनि चर्चामा रहेका लमजुङका किशोर श्रेष्ठलाई भने बागमती प्रदेशको प्रमुखमा पदस्थापन गरिएको समाचार छ । उनी बढुवा हुनु अगाडि सोही निकायमा निमित्त प्रमुख रहेका थिए ।
यही जेठ महिनामा अनुसन्धान निर्देशकहरू सुमन बैद्य र मधु कार्की अनिवार्य अवकासमा घर जानेछन । गुप्तचरका काठमाडौं उपत्यका विभिन्न सेक्टरका इन्चार्जहरूको पनि सरुवा गरिएको गुप्तचर स्रोत बताउँछ ।साँघु साप्ताहिकबाट