काठमाडौँ – नेपालको इतिहासमा संभवत पहिलोपटक यति ठूलो शक्तिशाली गिराेह संलग्न भएकाे भ्रष्टाचारको पर्दाफास भएको छ । राष्ट्रियमात्र होइन अन्तर्राष्ट्रिय समुदायमा समेत चर्चा हुने गरी नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले निकै प्रशंसनीय काम गरेको छ ।
देशका लागि केही गराै भन्ने हुटहुटी भएका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, प्रहरी आइजीपी वसन्त बहादुर कुँवरलगायतको टोलीले अन्तर्राष्ट्रिय लज्जाको विषयलाई हिम्मतका साथ कारबाहीको दायरामा ल्याएर आफ्नो कामको सुरुवाती निकै राम्रो गरेका छन् ।
राष्ट्रियता र सुशासनको मुद्दामा निकै संवेदनशील भएर देशका लागि केही गरौं भन्ने भावनाबाट प्रेरित रहेका नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणलाई टुंगोमा पु¥याए भने नेपालको इतिहासमा स्मरणयोग्य नाम रहिरहनेछ । गृह मन्त्री श्रेष्ठ भौतिक पूर्वाधार तथा यातायात मन्त्री हुँदा पनि केही राम्रो काम गर्ने प्रयास गरेका थिए ।
काम नगर्ने ठेकेदारलाई कारबाहीको दायरामा ल्याउने र तत्काल काम देखाउनुपर्ने भनेर स्थलगत अध्ययनमात्र होइन कारबाही पनि गरेका थिए । भौतिक पूर्वाधार मन्त्रालयमा सुधारको काम गर्न थालेको छवि बनाएका उपप्रधान मन्त्री श्रेष्ठ केही महिनामै गृह मन्त्रालयमा सरुवा भएका थिए । सरुवालगत्तै उपप्रधान तथा गृह मन्त्री श्रेष्ठले सकारात्मक निर्णय गर्दै आएका छन् ।
उनी गृह मन्त्री भएको एक महिनाको बिचमा पनि सुराकी भत्ता हटाउने,मिटरब्याजीलाई कारबाही गर्ने कानुनको व्यवस्था नक्कली भुटानी शरणार्थी कारबाही प्रक्रियाले मन्त्री श्रेष्ठको कदममाथि धेरैले प्रशंसा गर्न थालेका छन् ।
हिजोका दिनमा उनको आलोचना गर्नेहरु पनि अहिले श्रेष्ठको कदमबाट खुसी भएर बधाई दिइरहेका छन् । त्यसैगरी, भर्खरै आईजीपी भएका वसन्त बहादुर कुँवरले पनि उपप्रधान तथा गृह मन्त्री श्रेष्ठकाे काँधमा काँध मिलाएर हिम्मतका साथ काम देखाउने अवसर पाएका छन् ।
नेपाल प्रहरीका महानिरीक्षक कुवँरले पनि अहिले नक्कली शरणार्थी छानविन प्रकरणमा निकै महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन् । उनको कमाण्डमा रहेकाे नेपाल प्रहरी फाेर्सले पनि सफलता प्राप्त गरिरहेको छ । अब अनुसन्धान कसरी टुंगाे लाग्छ हेर्न बाँकी नै छ । साँघु साप्ताहिकबाट