आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

हिजो ऐतिहासिक रेकर्ड राखेको सुनको मूल्यमा आज गिरावट

बिहिबार, चैत्र २३ २०७९

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बिहीबार घटेको छ ।

बुधबार एकैदिन २ हजार रुपैयाँले बढेर ऐतिहासिक रेकर्ड राखेको सुन बिहीबार भने तोलामा ८०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ८००  रुपैयाँले घटेर १ लाख १० हजार २ सय रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ९ हजार ६५० सय रुपैयाँ निर्धारण भएको छ ।

यसअघि, बुधबार छापावाल सुन अहिलेसम्मकै उच्च १ लाख ११ हजार रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख १० हजार ४५० रुपैयाँ निर्धारण भएको थियो ।

बिहीबार चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले घटेर तोलाको १४ सय ३५ रुपैयाँ कायम भएको छ । बुधबार चाँदीको भाउ प्रतितोला १४ सय ४० रुपैयाँ कायम रहेको थियो ।