काठमाडौँ – वर्तमान पाँचदलीय गठबन्धनमा थप साना तीन÷चार दल नमिलि भावी सरकार बन्ने कुनै छाटकाँट देखिदैन । यो अवस्थामा वर्तमान सत्ता समीकरणले नै निरन्तरता पाएछ भने पनि जनार्दन शर्माले अर्थ मन्त्रालय पाउने सम्भावना अति न्यून रहेको स्रोत बताउछ । उनको कार्यकाल निकै विवादित बनेको छ । उनको कार्यकालमा राजश्व प्रशासन नै थिलथिलो र लथालिङ्ग हुन पुगेको बताइन्छ ।
राजश्व प्रशासन बुझेका, खर्च गर्ने क्षमता भएकाहरू धेरै कर्मचारीहरु अर्थ मन्त्रालयबाट खेदिएका छन् र सिडियोहरु भित्र्याइएका छन् । राजश्व प्रशासन र खर्च प्रशासन नबुझेकाहरूको अर्थ मन्त्रालयमा भिड लागेको छ । यहीकारण भन्सार विभाग र आन्तरिक राजश्व विभागले राजश्व लक्ष्य अनुसार उठाउन सकिरहेको छैन ।
अर्काेतिर, पचास लाख भन्दा बढी जनता सहभागी भएको शेयर बजार ओरालो लागेको अवस्था छ । देशमा आर्थिक मन्दी छ । निर्यात र आयात दुबै घटेको अवस्था छ । वर्षात्मा अर्बौं रुपैयाँको बिजुली खेरागइरहेको छ । उद्योगहरू आफ्नो क्षमताको ७० प्रतिशत उत्पादन कटौती गर्न बाध्य छन । राजश्वले साधारण खर्च धान्न सकेको छैन । तरलता अभाव गहिरिएको छ ।
बैंक व्याजदर बढेको छ । यतिबेला बैंकबाट ऋण पाउन मुस्किल छ । नेपाल राष्ट्र बैंक र अर्थ मन्त्रालयबीच लय नै मिल्न नसकेको गुनासाहरु बेस्सरी बाहिर आएका छन । गठबन्धन सरकार बनेपछि खाने तेल रु.३००। प्रति लिटरबाट बढेर साँढे चार सय पुगेको छ । यसरी महंगी आकाशिंदा निमुखा जनताको चुल्हो साँझ बिहान बल्न मुश्किल परेको अवस्था छ ।
मूल्य नियन्त्रणमा सरकार असफल बन्दै गएको छ । गठबन्धन सरकारको समयमा सुशासन कुन चराको नाम हो भन्ने प्रश्न उठ्न गएको छ । चालू आर्थिक वर्षको चार महिनामा विकास खर्च अति सुस्त छ । यस्तो विद्यमान अवस्थामा भावी गठबन्धन सरकारलाई मुलुक हाँक्न त्यति सजिलो छैन ।
त्यसका कारण पनि अव कुन दलबाट को अर्थ मन्त्री बन्ला भन्ने कौतुहलता मुलुकमा बढेको छ । यही गठबन्धन सरकारले निरन्तरता पाए पनि अर्थ मन्त्री शर्माले निरन्तरता पाउलान कि नपाउन भन्ने चासो पनि त्यत्तिकै बढेको छ । नेपाली कांग्रेसकै नेतृत्वमा गठबन्धन सरकार बनेमा यस पटक भने अर्थ मन्त्रालय नेपाली कांग्रेसले लिने छलफल भइरहेको स्रोत बताउछ । कांग्रेसको हातमा अर्थ मन्त्रालय परेको खण्डमा समानुपातिकबाट सांसद बनेका डा. प्रकाश शरण महतले अर्थ मन्त्री बन्ने रहर गरेको स्रोत बताउँछ । त्यसैगरी, सुनसरी ४ बाट विजय प्राप्त गरी प्रतिनिधिसभा उम्मेद्वार बनेका कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्की पनि अर्थमन्त्री बन्न कस्सिएका छन् । हाल संचारमन्त्री रहेका कार्कीले नयाँ सरकारमा अर्थमन्त्री ताकेका हुन् ।
सत्ता गठबन्धन दलहरू बीच चुनावी गठबन्धन भएपनि उनीहरूले ‘सोचेजस्तो’ परिणाम ल्याउन सकेन । गठबन्धनका कारण केवल कांग्रेसलाई मात्र फाइदा पुगेको गुनासो छ । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलाई खासै फाइदा पुग्न नसकेको नेताहरु बताउछन् । कांग्रेसको सबै गुटले माओवादी केन्द्र र एसलाई मत नदिएका समाचारहरु बाहिर आएका छन । त्यसका कारण पनि अब अर्थ मन्त्रीमा कुन दलले दावी गर्छ वा काँग्रेस आफैले राख्छ भन्ने विषयमा जिज्ञासा पैदा भएको छ । साँघुबाट