काठमाडौं । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन ।
यद्पि तराईका केही भू–भागमा बिहानीपख हुस्सुरकुहिरो लाग्ने तथा देशका अधिकांश भू–भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन मौसमविपद्ले आग्रह गरेका छन् ।
गण्डकी र लुम्बिनी प्रदेशका साथै प्रदेश १ र बागमती प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आजको मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
अहिले बिहान तराईका केही स्थानहरूमा हुस्सुरकुहिरो लाग्नुको साथै देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको मौसमविद्ले जानकारी दिएका छन् ।
आज राति लुम्बिनी प्रदेशका साथै प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने पूर्वानुमान विभागले गरेको छ ।