आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

तेस्रो इनिङको आसमा प्रचण्ड

बिहिबार, मंसिर २९ २०७९

काठमाडौँ  । नेकपा (माओवादीका केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छिट्टै देशको नेतृत्व गर्ने ठाउँमा पुग्ने बताएका छन् ।

पोखराको महेन्द्र आधारभूत विद्यालयको हिरक जयन्ती महोत्सव कार्यक्रममा बोल्दै प्रचण्डले अब देशको नेतृत्व गर्ने अवसर पाएमा अविस्मरणीय काम गर्ने प्रतिवद्धता जनाएका छन् ।

उनले भने, ‘अब मसँग धेरै समय छैन । तपाईहरुको आर्शीवाद लाग्यो । तपाईहरुको माया र शुभकामनाले काम गर्यो भने मलाई लाग्छ म छिट्टै देशको नेतृत्व गर्ने ठाउँमा पुग्दै छु । अब देशको नेतृत्व गर्ने अवसर पाएमा अत्यन्तै राम्रो हुने अठोट गरेको छु ।’

प्रचण्डले पहिलो कार्यकाल सरकारको नेतृत्व गर्दा बुझ्न नपाउँदै सकिएको भन्दै भने, ‘मेरो पहिलो कार्यकाल विधि प्रक्रिया सबै उतारचढावलाई बुझ्न नपाउँदै बित्यो । दोस्रो कार्यकालमा देशका लागि महत्वपूर्ण काम गरे भन्ने लाग्छ । मैले राष्ट्रलाई सुढृढ गर्न सके । मधेस हिमाल पहाड के होला भन्ने थियो ? सिंगै देशलाई लोकतान्त्रिक प्रक्रियामा लग्ने अवसर पाए । त्यसमा मलाई गर्व छ ।’