बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

मेगा गिभअवे , सकारात्मकताको सन्देश फैलाउनको लागि तीन वटा ब्रान्डहरूले गरे सहकार्य

बिहिबार, कार्तिक २५ २०७८

काठमाडौँ l यो चाडपर्वको उत्सवमा, गुलाफी, बिउटी र वेलनेस उत्पादनका लागि एक स्टप शप, इन्डो–एथनिक पहिरनका लागि परिचित अजिइजा एटेलियर र हिरा एवम् सुनको क्षेत्रको घरेलु ब्रान्ड श्री बालाजी डायमण्ड्सले नोभेम्बर १ देखि ३०, २०२१ सम्मको मेगा गिभअवेमा सहभागी हुन ग्राहकहरूलाई प्रोत्साहन गर्न एकसाथ सहकार्य गरेको छ । 

यस महामारीबाट हामी बिस्तारै बाहिर निस्किदै गर्दा, सकारात्मकताको सन्देश फैलाउने अठोटका साथ तीनवटा ब्रान्डहरूले इन्स्टाग्रामको नेतृत्वको अभियान मार्फत सहभागीहरूलाई यस महामारीको समयमा आफू कृतज्ञ भएको एउटा कुरा अरुमाझ साँट्न अनुरोध गर्दै सहकार्य गरिरहेका छन्। एक जना भाग्यशाली विजेताले १,११,००० रुपैयाँ बराबरको सामान र बहुमूल्य वस्तुहरू जितेर आफुलाई आउने विवाहको सिजनको लागि तयार गर्न सक्नेछन् । श्री बालाजी डायमन्ड्सले हिराको झुम्का सेट उपलब्ध गराउँदैछ, अजिइजा एटेलियरले गुलाबी र हरियो गरारा सेट र गुलाफीले उत्कृष्ट ब्रान्डहरूबाट स्किनकेयर र कस्मेटिक्सहरू उपलब्ध गराउँदैछ जसले तपाईंलाई आउने विवाह र उत्सवको लागि तयार हुन मद्दत गर्नेछ । 

एक भाग्यशाली विजेताले आगामी विवाह सिजनको लागि तयार हुन सबै ३ वटै ब्रान्डहरूबाट उपहारहरू जित्नेछन् । गुलाफीबाट उच्च गुणस्तरको बिउटी र वेलनेस उत्पादनहरू, अजीइजाको तर्फबाट इन्डो–एथनिक लेहेंगा र एसबीडीको तर्फबाट गहनाहरूको सेटका साथमा अब आउनेमंसिरको विवाह सिजनको लागि सजिएर तयार हुनुहोस् । मंसिर १५ गते लक्की ड्र मार्फत गुलाफीको इन्स्टाग्राममा विजेताहरूको घोषणा गरिनेछ ।