बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

चेक बाउन्स दिएर फरार सुन्दास प्रहरीको फन्दामा

मंगलबार, भाद्र २९ २०७८

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई काठमाडौंको सुन्दरीजलबाट पक्राउ गरेको छ । 

प्रहरीको विशेष टोलीले बारा  जीतपुर सिमरा स्थायी घर भई बूढानीलकण्ठ गोल्फुटार बस्ने २६ वर्षीय अनिस सुन्दासलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । 
 प्रतिवादीले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको जानी–जानी  पीडितलाई लक्ष्मी बैंकको चेक दिएका थिए ।

सोहीअनुरुप उच्च अदालत पाटनले २०७७ चैत ८ गते सुन्दासलाई बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम सात दिन कैँद र सात लाख रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो । फैसला कार्यान्वयनका लागि सम्मानित जिल्ला अदालत ललितपुरमा पेश गरिएको ब्युरोका प्रहरी उपरीक्षक कमल थापाले बताए ।