काठमाडौँ l गोकर्णेश्वर नगरपालिका–४ माकलबारीस्थित टहरामा तास खेलिरहेको अवस्थामा सोही टहरामा होटल संचालन गरी बस्ने खोटाङ घर भएकी ३५ वर्षीया लता राई समेत ७ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
उक्त टहरामा राईले जुवातास खेलाईरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त वौद्धबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ३५ हजार ६ सय ८५ रुपैयाँ र १ बुक तास सहित फेला पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ