आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

संखुवासभा फलोअप : एउटा रडले कार्कीको कर्तुत पत्ता लाग्यो, आज सार्वजनिक गरिदै

आइतबार, भाद्र २७ २०७८

काठमाडौं । संखुवासभाको मादी–१ उम्लिङमा भएको सामूहिक हत्या प्रकरणमा संलग्नलाई प्रहरीले आज सार्वजनिक गर्दै छ । हत्या भएको ५ दिनपछि मात्रै प्रहरीले आरोपित पत्ता लगाएको थियो । घटनास्थल भन्दा एक सय मिटरको दुरीमा घर भएका २६ वर्षिय लोकबहादुर  कार्कीलाई प्रहरीले आज सार्वजनिक गर्दै घटना बारे जानकारी दिन लागेको हो ।

६ जनाको एक्लैले सामूहिक हत्या गरेका लोकवहादुर कार्की मृतक तेजवहादुरका भतिजा हुन् । व्यक्तिगत रिसिवीका कारण तेजवहादुर लाई मार्ने योजना बनाएका कार्कीले परिवारका अन्य सदस्यको हत्या गर्ने योजना नरहेको दाबी गरेका छन् ।

खेताला खोज्न निस्किएका तेजवहादुरलाई बाटो कुरेर बसेका कार्कीले ह्याम्मरले हिर्काएर आक्रमण गरेको  तेजवहादुर कि श्रीमती र बुहारीले देखेपछि देखेपछि उनले प्रमाण नष्ट गर्ने उद्देश्यले उनीहरुलाई पनि मारेको बताएका छन् ।  हत्या गरेको प्रमाण मेटाउन लोकबहादुरले आठ वर्षीय विपिन कार्की र पाच वर्षीया गोमा कार्कीलाई समेत बारीमा लखेटी–लखेटी हत्या गरे । त्यसपछि घरमै पसेर  कुडो पकाइरहेकी ८४ वर्षीया पार्वतीको पनि हत्या गरे ।
गत वर्ष लोकबहादुर कार्कीकी आमा तेजबहादुरको घरमा लडेकी थिइन् । उनकी आमा बेहोस भएपछि उपचारको क्रममा झापामा मृत्यु भएको थियो । लोकबहादुरले आमाको मृत्युको कारण तेजबहादुर नै भएको आरोप लगाउदै आएका थिए ।

तेजबहादुर र लोकबहादुरको घर करिब १०० मिटरको दुरीमा छ । हत्या गरेपछि लोकवहादुर घर गए खाना पकाए, तेजवहादुरको हत्या भएको खबर समेत गाउमा उनैले सुनाएर आफु निर्दोष भएको सावित गर्ने प्रयास गरे ।

जब प्रहरीले घटनामा प्रयोग भएको रड र रगत लतपतिएको सट उनको घरमा फेला पर्यो उनी प्रहरीका शंकामा तानिए । ५ दिनसम्म प्रहरीले उनलाई नजिकबाट अध्ययन गरेपछि अन्तत शुक्रबार पक्राउ गर्यो । पक्राउ परेपछि उनले घटनाको बेलिविस्तार लगाउदै संलग्नताको स्विकार गरेका हुन्। 

प्रहरी नायब महानिरीक्षक अरुणकुमार बिसी नेतृत्वको प्रहरी टोली, केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)को टोली, सङ्घीय इकाई प्रहरी कार्यालय धरानको टोली र जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट डिएसपी लालध्वज सुवेदी नेतृत्वको संयुक्त अनुसन्धानले कार्कीलाई पक्राउ गर्न सफल भएको हो । 

लोकबहादुरले कक्षा ८ सम्म पढेपछि पढाइ छोडेका थिए । काम गर्न अल्छी, लोकबहादुर बैदेशिक रोजगारीकालागि मलेसिया र कतार गए पनि वर्षदिन नपुग्दै गाउमा फर्किएका थिए ।
उनै कार्कीलाई प्रहरीले आज चैनपुर इलाका प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरि सार्वजनिक गर्दैछ ।