आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

बैकिङ्ग कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

शुक्रबार, भाद्र २५ २०७८

काठमाडौँ l बैकिङ्ग कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ परेकाछन । केन्द्रिय अनुसन्धान व्युरो (सिआईबी) का अनुसार काठमाण्डौं जिल्ला,काठमाण्डौं महानगरपालिका वडा नं. १० घर भई हाल का.म.न.पा गोकर्णेश्वर न.पा वडा नं.५ नयाँवस्ती बस्ने उमेश लामाले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी जाहेरवालाहरुलाई झुक्यानमा पारी कृषि विकास वैंकको चेक काटी दिई बैंकिङ् कसूरजन्य अपराध गरेको ठहर गरी सम्मानित उच्च अदालत पाटनबाट २०७७ फागुुन ११ र २०७८ बैशाख आठ गते (दुई थान मुद्दा) निज प्रतिवादीको हकमा बैंकिङ् कसूर तथा सजाय ऐन २०६४ बमोजिम सात दिन कैद र ११ लाख जरिवाना ठहर भएको थियो । 

सोही आधारमा केन्द्रीय अनुसन्धान ब्यूरोबाट फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरुको खोजतलास एवं पक्राउको लागि परिचालित टोलीले निज प्रतिबादीलाई नयाँबस्ती, काठमाडौंबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि सम्मानित काठमाडौं जिल्ला अदालतमा पेश गरिएको सिआईबीले जनाएको छ ।