बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

नख्खु कारागारका कैदीबन्दी, नाइके विरुद्ध कुटपिटमा उत्रिए

आइतबार, भाद्र २० २०७८

काठमाडौं । ललितपुरस्थित नख्खु कारागारका नाइके र कैदीबन्दीबीच कुटाकुट भएको छ । कारागारको सिआरसी ब्लकमा रहेका कैदीबन्दीले होटलमा खानाको मूल्य बढाएको विषयमा नाइकेसग भनाभना हुदा झडप भएको हो । कैदीबन्दी नाराबाजीसहित कुटाकुटमा उत्रिएपछि झगडा साम्य पार्न  जिल्ला प्रहरी परिसर ललितपुरबाट प्रहरीको टोली परिचालन गरिएको थियो ।

प्रहरी टोली पुगेसँगै अहिले अवस्था समान्य भएको कारागर व्यवस्थापन विभागका महानिर्देशक जनकराज दाहालले जानकारी दिए । नाइकेले अस्वभाविकरुपमा मूल्य बढाएकाले प्रतिवाद गर्नु परेको कैदीबन्दीको भनाई छ ।

खानाको गुणस्तर, मूल्यसहितका कैदीका अन्य गुनासोका विषयमा कारागार व्यवस्थापन, नाइके र कैदीबन्दीबीच छलफल मार्फत समाधान खोजिने सहमति भएको दाहालले बताए ।