बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

ब्राउन सुगरसहित सशस्त्र प्रहरीद्वारा दुई जना पक्राउ

शनिबार, भाद्र १९ २०७८

झापा, l झापा जिल्लाको दमक नगरपालिका ३ बेलडाँगीबाट भाद्र १७ गते सशस्त्र प्रहरीले करीव ५ ग्राम ७२ मिलिग्राम ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ ।

फक्राउ पर्नेहरुमा सोही जिल्लाको दमक नगरपालिका ३ सेक्टर डेल्टा २ हट नम्बर १७९ बस्ने ३२ वर्षिय पूर्णबहादुर कटुवाल र डेल्टा १ हट नम्बर १०१ बस्ने २६ वर्षिय किरण राई छन्  ।

उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल भुटानी शरणार्थी सुरक्षा वेश बेलडाँगीबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा उल्लेखित परिमाणको ब्राउन सुगर फेला परेको हो । 

पक्राउ परेका दुवै जनालाई बरामद ब्राउन सुगरसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।