आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

सशस्त्र प्रहरीद्वारा कटुवा पेस्तोल बरामद

शनिबार, भाद्र १९ २०७८

सर्लाही, l सर्लाही जिल्लाको लालबन्दी नगरपालिका ५ स्थित हरिवन तथा लालबन्दीको भित्री सडकखण्डबाट भाद्र १८ गते सशस्त्र प्रहरीले एउटा कटुवा पेस्तोल तथा सोको ५ वटा गोली बरामद गरेको छ । 

प्रदेश २–०२–००४ प ७७५७ नम्बरको मोटरसाईकलमा सवार व्यक्तिले सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश हरिवनबाट खटिएको सशस्त्र प्रहरीलाई टाढैबाट देख्नासाथ उक्त पेस्तोल तथा मोटरसाईकल सोही ठाउँमा छाडी फरार भएपछि बरामद गरिएको हो ।

बरामद पेस्तोल, गोली र मोटरसाईकल नेपाल प्रहरीलाई बुझाईएको छ ।