बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

नियन्त्रित लागूऔषध सहित १ जना पक्राउ

शुक्रबार, भाद्र १८ २०७८

काठमाडौँ l चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध ३० ट्याब्लेट नाईट्रोजन सहित सुनसरी ईश्वपरपुर नगरपालिका–१ बस्ने २४ वर्षीय कृष्ण ठाकुरलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

काँकडभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको ना.८ ख ८४९३ नम्बरको बसलाई महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा बसमा सवार ठाकुरलाई झोलाभित्र लुकाई ल्याएको उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।