काठमाडाैं । कायममुकायम प्रधान सेनापति रथी प्रभुराम शर्मालाई २०७८ भदाै १६ गते रक्षा मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच रक्षा सचिव बेगेन्द्रराज शर्मा पौड्यालद्वारा प्रधान सेनापतिको नियुक्ति पत्र प्रदान गरिएको छ ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २६७ को उपधारा ५ बमोजिम भदौ २४ गतेदेखि लागू हुने गरी शर्मालाई प्रधानसेनापतिमा नियुक्त गरेकी थिइन् ।
प्रधान सेनापति पुर्णचन्द्र थापा अवकास हुनु १ महिनाअघि साउन २४ देखि विदामा बसेपछि शर्माले कार्यवाहक प्रधानसेनापतिको जिम्मेवारी पेका थिए ।