धादिङको थाक्रे गाउँपालिकास्थित महादेवबेसीमा मोटर साइकल ठक्कर दिँदा मोटरसाइकलमा सवार एक बालकसहित तीन जना सडकमा पछारिएसँगै ट्रक ब्याक गरी बालक किचेर भाग्दै गरेको ट्रकलाई प्रहरीले सिम्लेबाट नियन्त्रणमा लिएको छ ।
ट्रकको चालक र सहचालकलाई नियन्त्रणमा लिई गजुरी पठाएको छ भने घाइते दुई जनालाई उपचारको लागि काठमाडौं पठाइएको र बालकको भने घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीले दिएको जानकारी अनुसार नौबिसेबाट मलेखुतर्फ जाँदै गरेको ना. ४ ख ९४४ नम्बरको ट्रकले बा ७३ प २१७६ नम्बरको मोटर साइकललाई ठक्कर दिँदा एक बालकको घटनास्थलमै मृत्यु भएको हो ।
घाइते र मृतक बालकको परिचय खुल्न बाँकी रहेको प्रहरीले जानकारी जनाएको छ । घटना विचार सासाप्ताहिकमा खबर छ l