आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

भरतपुरका समिपले पत्ता लगाए फेसबुकको कमजोरी : तीन हजार १२५ अमेरिकी डलर पुरस्कार

आइतबार, असार ६ २०७८

भरतपुर । गुरूकुल कलेज भरतपुरमा कक्षा १२ मा पढ्दै गरेका समिप अर्यालले ३ हजार १२५ अमेरिकी डलर पुरस्कार पाएका छन् । यसअघि पटकपटक सम्मानित भएको तर यसपटक चर्चामा आउँदा भने बढी नै खुसी लागेको समिप बताउँछन् । सामाजिक सञ्जाल फेसबुकको सुरक्षा कमजोरी पत्ता लगाएको भन्दै उनलाई सो रकम पुरस्कार हात परेको हो । १८ वर्षीय समिप फेसबुकको म्यासेञ्जर च्याट रूमको कमजोरी फेला पारेका हुन् । समिप फेसबुकको हलअफ फेममा २४ औँ नम्बरमा सूचीकृत भएका छन् । फेसबुकले उनलाई तीन हजार १२५ अमेरिकी डलर (३ लाख ६५ हजार ६६५ रूपैयाँ)  बाउन्टी रिवार्ड (सुरक्षा कमजोरी पत्ता लगाएबापत दिइने पुरस्कार) सँगै हलअफ फेम (कम्पनीको साइबर सुरक्षालाई सुदृढ पार्न सघाउने अनुसन्धानकर्तालाई दिइने पहिचान तथा सम्मान) प्रदान गरेको हो । ‘कुनै पनि व्यक्तिले म्यासेन्जर रूम कलमार्फत तपाईंको ग्यालरीमा भएका फोटो/भिडियोहरुमा सजिलै पहुँच पाउन सक्ने अवस्था थियो, त्यो कमजोरी मैले पत्ता लगाएँ’, समिपले भने ।