बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

१३ हाइड्रोपावर कम्पनीको आईपीओ आउँदै

आइतबार, असार ६ २०७८

काठमाडौं । विभिन्न १३ वटा हाइड्रोपावर कम्पनीहरूले नेपाल धितोपत्र बोर्ड (सेबोन) मा साधारण शेयर निष्काशनको लागि आवेदन दिएका छन् । धितोपत्र बोर्डमा आवेदन दिएका १८ कम्पनीमध्ये बढी हाइड्रोपारवर कम्पनीहरू रहेका हुन् । दोस्रो शेयर बजारमा हाइड्रोपावर कम्पनीहरूको शेयर कारोबारमा आकर्षण बढ्दै गएका बेला धितोपत्र बोर्डमा आईपीओ निष्काशनको लागि आवेदन दिएका हुन् । 

आईपीओ निष्काशनको लागि पाइपलाइनमा रहेका हाइड्रोपावर कम्पनीहरूमध्ये साहस उर्जाले सबैभन्दा धेरै १ अर्ब ५ करोड रुपैयाँ बराबरको १ करोड ५ लाख कित्ता आईपीओ जारी गर्न अनुमति मागेको छ । उक्त कम्पनीले २०७७ मंसिर २४ गते धितोपत्र बोर्डमा आवेदन दिएको हो । 

ग्रीन भेन्चर हाइड्रोपावर कम्पनीले ६२ करोड ५० लाख मूल्य बराबरको ६२ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्न धितोपत्र बोर्डम अनुमति मागेको हो । कम्पनीले गत फागुन २८ गते बोर्डमा आवेदन दिएको हो । 

न्यादी हाइड्रोपावर कम्पनीले ४० करोड ५० लाख मूल्य बराबरको ४० लाख ५० हजार कित्ता शेयर निष्काशन गर्न धितोपत्र बोर्डमा आवेदन दिएको छ । 

बलेफी हाइड्रोपावर कम्पनलिे ३६ करोड ५५ लाख मूल्य बराबरको स्थानीय र सर्वसाधारण शेयर निष्काशन गर्न लागेको हो । उक्त कम्पनीले गत फागुन २५ गते आईपीओ निष्काशनको लागि बोर्डमा आवेदन दिएको हो । अपर

सोलु हाइड्रोपावर कम्पनीले ३३ करोड मूल्य बराबरको साधारण शेयर निष्काशनका लागि आवेदन दिएको छ । 
विन्दबासिनी हाइड्रोपावरले समेत २०७६ माघ १ गते आईपीओ निष्काशनको अनुमति माग गर्दै आवेदन दिएको थियो । कम्पनीले २५ करोड मूल्य बराबरको शेयर निष्काशनको लागि आवेदन दिएको हो ।

दोर्दी खोला जलविद्युतले २९ करोड ५१ लाख, विन्धबासिनी हाइड्रोपावर कम्पनीले २५ करोड मूल्य बराबरको आईपीओ निष्काशन गर्ने भएको छ । 

हिमालयन हाइड्रोवपावरले पनि २०७६ कार्तिक २७ गते आईपीओ निष्काशनको लागि बोर्डमा आवेदन दिएपनि उसले पनि अहिलेसम्म अनुमति पाउन सकेको छैन । कम्पनीले २२ करोड ५० लाख मूल्य बराबरको २२ लाख ५० हजार कित्ता आईपीओ निष्काशनका लागि आवेदन दिएको हो । 

अपर हेवाखोलाले २० करोड, बुद्धभूमी हाइड्रोपावर कम्पनीले १२ करोड र स्यामलिङ पावर कम्पनीले १२ करोड ३० लाख मूल्य बराबरको आईपीओ निष्काशन गर्न अनुमति मागेको छ । 

धितोपत्र बोर्डमा आवेदन दिएका कम्पनीहरूमध्ये धेरैजसो कम्पनी १ वर्षअघिदेखि आईपीओ निष्काशनको लागि पाइप लाइनमा रहेपनि मैलुङ खोला जलविद्युत आयोजनाले भने ४ वर्षअघिदेखि आवेदन दिएर बसेको छ । 
उक्त जलविद्युत कम्पनीले २०७४ असोज २० गते ७ करोड ३६ लाख मूल्य बराबरको ७ लाख ३६ हजार कित्ता आईपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो । 

बोर्डमा आईपीओ निष्काशनको लागि आवेदन दिएका १८ कम्पनीले ५ अर्ब ७१ करोड ५० लाख मूल्य बराबरको साधारण शेयर (आईपीओ) निष्काशन गर्न आवेदन दिएका हुन् । कम्पनीहरूले कुल ५ करोड ७१ लाख ५० हजार ३३४ कित्ता आईपीओ सर्वसाधारणका लागि बिक्रीमा ल्याउन लागेका हुन ।