आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

मृत अवस्थामा फेला

शनिबार, असार ५ २०७८

भक्तपुर । चाँगुनारायण नगरपालिका–९ ताथली बस्ने राजु मछेको छोरा १० वर्षीय रोजन मछे गएराति मृत अवस्थामा फेला परेका छन् ।
शुक्रबार बिहान देखि हराएको उनको खोजी गर्ने क्रममा सोही ठाउँस्थित सेतो बिएम इँटा भट्टाको कम्पाउन्डमा रहेको पानी जमेको खाल्डोमा शव फेला परेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।