बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

एमालेको निर्णय : ३ मन्त्रीलाई तत्काल फिर्ता बोलाउने !

शनिबार, असार ५ २०७८

काठमाडौं l पार्टीमा विवाद चर्किएर समाधान हुन नसकिरहेका बेला नेकपा एमालेले कर्णाली प्रदेश सरकारमा सहभागी ३ मन्त्रीलाई तत्काल फिर्ता गराउने निर्णय गरेको छ ।

शुक्रबार बसेको कर्णाली प्रदेश संसदीय दलको बैठकले सरकारमा सहभागी ३ मन्त्रीलाई तत्काल फिर्ता हुन निर्देशन दिएको हो ।सरकारमा सहभागी एमाले सांसद अम्बरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई तत्काल फिर्ता बोलाउने निर्णय भएको एमाले संसदीय दलका नेता यामलाल कँडेलले बताएका छन् ।

नेकपा माओवादी केन्द्रका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएपछि तीनै जना प्रदेश सरकारमा सहभागी भएका छन् ।

नेता माधवकुमार नेपाल पक्षका यी सांसदहरूलाई एमालेले कारबाही गरेपछि पदमुक्त गरिएको थियो । तर सर्वोच्च अदालतको अन्तरिम आदेशबाट ३ मन्त्रीसहित ४ सांसदको पुनर्बहाली भएको छ । एमालेले सरकारबाट फिर्ता हुन निर्देशन दिएपछि पार्टीभित्रको विवाद फेरि बल्झिने देखिएको छ ।