काठमाडौं । मनाङमा यार्चागुम्बा टिप्न हिँडेका ६० जना बेपत्ता भएका छन् । उक्त क्षेत्रमा गत सोमबारदेखि पानी निरन्तर परिरहेको छ । मनाङका डीएसपी सुवास खड्काका अनुसार फू गाउँको लेकमा यार्चागुम्बा संकलन गर्न गएका १ सय १० मध्ये ६० जना सम्पर्कविहीन भएका हुन् ।
फू गाउँबाट दुई दिन लाग्ने लेकतिर उनीहरू गत १५ जेठमा गएका थिए । ‘१ सय १० जनामध्ये नामयुङ लेक गएका ५० जना मात्र सम्पर्कमा छन्’, खड्काले भने, ‘लघु लेक र कुलुङ लेक गएका ३०/३० जनाको अवस्था अज्ञात छ ।’