काठमाडाैँ । नेकपा (एमाले)का सचिव योगेश भट्टराईले माधवकुमार नेपालले बदलीदो परिस्थितिमा पनि शेरबहादुर देउवाको निवास वुढानिलकण्ठ तर्फको मोह छाड्न नसके आफू लगायत धेरै साथीले उनको साथ छाड्ने बताएका छन् ।
सगरमाथा टेलिभिजनको एसटीभी च्याटमा प्रकाश गिरीसँग कुरा गर्दै उनले बदलीदो परिस्थितिमा पनि नेपालले सकारात्मक दिशा नसमाते उनको पछि नलाग्ने स्पष्ट पारेका छन् ।
उनले चित्त नबुझ्दा नबुझ्दै माधव नेपालले नयाँ पर्टी खोल्नुभयो भने पनि त्यसमा नलाग्ने उद्घोष गरेका छन् । उनले नेकपा एमाले जेठ २ को अवस्थाबाट अघि बढ्नुपर्ने र प्रतिनिधिसभा पुनस्थापना भए एमाले चाँडै नै एकढिक्का भएर अघि बढ्ने बताएका छन् ।
पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता नेपालको आआफ्नो ठाउँमा सवल र दुर्बल पक्ष रहेको भन्दै एमालेका लागि सबैले त्यग गर्नुपर्ने बताउदै, उनले पछिल्लो समय अध्यक्ष ओली र वरिष्ठ नेता दुबैको तर्फबाट पार्टी एकताका लागि सहयोग पुग्ने सहमतिका बुँदाहरू प्रस्तुत भएको बताए ।
भट्टराईले माधव नेपाललाई पार्टी एकताका लागि केही लचकता अपनाउन पर्ने भन्दै चेतावनी मात्रै दिएका छैनन् बदलीदो परिस्थितिलाई आत्मसात गर्दै अग्रसर नभए साथ नै छाड्ने संकेत देखिदा नेपालाई ठुलो संकट पर्ने देखिएको छ l