बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

बाढी, पहिरोले पूर्वराजालाई चिन्ता !

बिहिबार, असार ३ २०७८

काठमाडौँ l देशभर आएको बाढी पहिरोका खबरले पूर्वराजा ज्ञानेन्द्र शाहलाई चिन्तित बनाएको छ । देशभर देखिएको प्राकृतिक विपत्तिप्रति  चासो व्यक्त गर्दै बिहीबार ज्ञानेन्द्रले वक्तव्य जारी गरेका छन् । 

‘हिमाल, पहाड र तराईका धेरै जिल्लामा जनधन तथा भौतिक निर्माणमा क्षति भएको एवम् ग्रामीण तथा शहरी वस्तीका बासिन्दाहरूको उठीबास भएको दुःखद खबर सुन्दा, देख्दा हामीलाई दुखित् तुल्याएको छ’ उनले भनेका छन् । 

उनले प्राकृतिक विपत्तिबाट बच्न पूर्व सावधानी राख्ने, तयारी गर्ने, सजगता अपनाउने र उद्धार तथा राहतको व्यवस्थामा सबै पक्षको गम्भीर ध्यान जानुपर्ने ज्ञानेन्द्रले बताएका छन् । 

‘मनसुन प्रारम्भ मात्र भएको समयमा नै यति धेरै क्षति हुन पुग्यो भने  तीब्र वर्षात् आउने समयमा अझै के के हुने हो ?’ उनले प्रश्न गरेका छन् ।