पर्सा । धोबिनी गाउँपालिका–३ गुलरिया बस्ने साहेब पटेलकी छोरी ६ वर्षीया मिरा कुमारी पटेलको आफ्नै घरको कम्पाउण्डमा रहेको फलामको गेटमा च्यापिएर मंगलबार साँझ मृत्यु भएको छ ।
गेट नजिकै खेलिरहेको अवस्थामा हावाहुरीको कारण गेट लडेर मिरा च्यापिदा गम्भीर घाइते भएकोमा उनको नेशनल मेडिकल कलेज वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।