काठमाडौं । प्युठान, सरूमारानी गाउँपालिका–४ खहरेखोलास्थित भालुवाङ–प्युठान सडकमा अबिरल वर्षाको कारण मंगलबार बिहान पहिरो खस्न गई बाटो अवरोध भएको छ । बैतडीको पुर्चौडी नगरपालिका–६ स्थित खोड्पे–बझाङ सडकमा अबिरल वर्षाका कारण मंगलबार बिहान पहिरो खस्न गई बाटो अवरोध भएको छ ।
रसुवाको गोसाईकुण्ड गाउँपालिका–५ स्याफ्रुस्थित पासाङ ल्हामु (धुन्चे–स्याफ्रुवेशी–टिमुरे) सडकमा मंगलबार बिहान पहिरो खस्न गई बाटो पूर्णरुपमा अवरोध भएको छ । मकवानपुरको ईन्द्रसरोबर गाउँपालिका–२ झरनाखोल्सास्थित महालक्ष्मी खोला र झरना खोल्सामा सोमबार राति आएको बाढीले बगाई बाटो निर्माणमा प्रयोग हुने सामग्री १ थान मिक्चर, पानी बोक्ने ट्याङ्कर र ५ क्विन्टल रड तथा मर्मत गरिरहेको बाटो अन्दाजी १ सय ५० मिटर सहित बगाई क्षति भएको छ ।
नजिकको कार्यालयबाट तत्काल खटि गएको प्रहरीले अवरोध सडक जेसिबीको सहयोगमा खुलाउने कार्य गरिरहेको छ ।