आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

घरको पर्खालबाट लडेर मृत्यु

मंगलबार, असार १ २०७८

महोत्तरी । सोनमा गाउँपालिका–५ खयरवनी बस्ने शम्भु गोसाईको छोरा १२ वर्षीय अमित गोसाईको आफ्नै घरको पर्खालबाट लडेर सोमबार दिउँसो मृत्यु भएको छ । पर्खालमा खेल्ने क्रममा लडेर गम्भीर घाइते भएका उनको जानकी हेल्थ केयर जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।