आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मंगलबार, असार १ २०७८

सप्तरी । खड्क नगरपालिका–८ पहाडे भदिया चोकस्थित सडकमा स.१ त नम्बरको ट्याक्टरले अन टेष्ट लेखिएको मोटरसाइकललाई सोमबार राति ठक्कर दिँदा मोटरसाइकल चालक सोही नगरपालिका ढोलबाजा बस्ने २२ वर्षीय अनिल चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको राउ स्मारक अस्पताल लाहानमा उपचारको क्रममा मृत्यु भएको हो । 
हाल फरार ट्याक्टर चालकको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।